काठमाडौं । प्रशासनले कर्फ्यू आदेश जारी गर पछि सिमरामा एमालेको जनप्रदर्शन स्थगित भएको छ ।
महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भनिएको उक्त भेला अगावै सिमरामा तनाव भएपछि कार्यक्रम स्थगित भएको हो ।
सिमरा विमानस्थलमा जेन जी प्रदर्शनको विरोधका कारण जहाज नगएपछि नेताहरू काठमाडौंमै रोकिएका छन् ।
जनप्रदर्शनका लागि विभिन्न स्थानबाट अगाडि बढेका एमाले कार्यकर्ता, समर्थक र शुभचिन्तक कफ्र्यूका कारण बाटैमा रोकिएको छन् ।
FACEBOOK COMMENTS