काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
अर्याल २९औं मुख्यसचिव बनेका हुन् । प्रशासन सेवा तथ्याङ्क समूहका अर्याललाई सरकारले २९औं मुख्यसचिवको रूपमा प्रस्तुत गरेको हो।
उनी खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत, आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए।
सुमन २०५३ सालमा अधिकृत, २०६६ सालमा उपसचिव, २०६८ सालमा सहसचिव र २०७७ साल माघमा सचिव भएका हुन्।

FACEBOOK COMMENTS