काठमाडौं । नेकपा एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले पार्टी प्रवेश गराएका छन् ।
पार्टी प्रवेशपछि दुलालले वर्तमान वस्तुगत परिस्थिति र कम्युनिष्ट आन्दोलनलाई एकीकृत रूपले अघि बढाउन एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपामा आएको बताए ।
उनका अनुसार, सबै कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिनु आजको आवश्यकता भएकोले आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।
दुलाललाई नेपाली कम्युनिष्ट पार्टीले केन्द्रीय सदस्यका रूपमा मनोनयन गरिएको छ ।

मनोनयनपत्रमा एमालेमा दीर्घकालीन सक्रियता र नेतृत्वका आधारमा दुलाललाई केन्द्रीय समितिको जिम्मेवारी दिइएको उल्लेख छ ।

साथै, तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने पार्टीले अपेक्षा गरेको छ ।
दुलालको प्रवेशसँगै दोलखामा नेकपाको संगठनात्मक प्रभाव अझै सुदृढ हुने अपेक्षा गरिएको छ।

FACEBOOK COMMENTS