काठमाडौं, आज एनजिसिसिआई सचिवालयमा भएको भेटवार्तामा जर्मनीको प्रमुख स्वयंसेवी संस्थामध्ये एक, सिनियर एक्सपर्ट सर्विस की परियोजना संयोजक सुश्री उल्रिके पुट्जले नेपालका साना तथा मझौला उद्योग , सार्वजनिक संस्थानहरू तथा विद्यालयस्तरका युवा विकास कार्यक्रमहरूमा सहयोग गर्न इच्छुक रहेको बताइन् ।
सुपुट्जका अनुसार ले १९८३ देखि विकास सहकार्यमा प्रविधि तथा सीप हस्तान्तरणको कार्य गर्दै आएको छ। उनका अनुसारका विज्ञहरू अफ्रिका, एसिया, लाटिन अमेरिका, पूर्वी तथा दक्षिण–पूर्वी यूरोप लगायत विश्वका विभिन्न ठाउँमा तथा जर्मनीभित्र पनि क्रियाशील छन्। का कार्यक्रमहरू विभिन्न क्षेत्रमा स्थानीय सीप मजबुत बनाउन लक्षित छन् ।
भेटवार्ताका क्रममा एनजिसिसिआईका अध्यक्ष सन्तोष चन्द्र कुँवरले भाषा शिक्षक विकास, निर्यात प्रवद्र्धन तथा क्षमता अभिवृद्धि जस्ता प्रविधिमूलक क्षेत्रमा को प्राविधिक सहयोग आवश्यक पर्ने बताउँदै सहयोगको अनुरोध गरेका थिए। प्रास्तावित क्षेत्रहरूमा सहकार्य गर्न तयार रहेको सुश्री पुट्जले बताइन्। सो सन्दर्भमा, आवश्यक सेवा तथा विशेषज्ञता चाहिने क्षेत्र वा व्यवसायीहरूसँग समन्वय गर्न एनजिसिसिआईलाई अनुरोध गरिएको छ ।
भेटमा नेपाल प्रतिनिधि श्री शेरबहादुर परियार र एनजिसिसिआईका सल्लाहकार डा. गोपाल प्रसाद तिवारी पनि उपस्थित थिए ।
ले १३,००० अवकाशप्राप्त वा क्रियाशील विशेषज्ञहरूलाई विश्वभरि सीप तथा ज्ञान हस्तान्तरणका लागि परिचालन गर्दै आएको छ। १९८३ देखि हालसम्म यसले विश्वका १७० देशमा ६०,००० भन्दा बढी स्वयंसेवी विशेषज्ञ को सेवा पूरा गरिसकेको छ, जसले व्यवसाय, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रलाई सहयोग पुर्याएको छ । बोनमा रहेको मुख्य कार्यालय तथा विश्वभरि २०० प्रतिनिधिहरूसहित मुख्यत: सार्वजनिक संस्थान तथा युवा विकास कार्यक्रमहरूको क्षमता वृद्धि गर्न केन्द्रित छ ।
FACEBOOK COMMENTS