काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष दिनेश सरियालाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा निर्देशक शाम्भ राज लामिछाने र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।
FACEBOOK COMMENTS