स्याङ्जा । डाँका चोरी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको पुतलीबजार नगरपालिका–८ अरभ्याङ बस्ने ६४ वर्षीय कान्छो भन्ने बुद्धि बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाको २०४३ माघ ७ गतेको फैसलाले उक्त मुद्दामा ८ महिना ४ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जनाएको छ ।
FACEBOOK COMMENTS