काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वेस्टह्याम युनाइटेडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
यस खेलमा म्यानचेस्टर युनाइटेडका लागि डिओगो डालोटले शुरुवाती गोल गरेका थिए भने वेस्टह्यामका सोउन्गोउटोउ मागासाले एक गोल फर्काएका थिए ।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १४ खेलमा २२ अंक भएको छ र लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै वेस्टह्यामको १४ खेलमा १२ अंक रहेको छ र हाल १८औं स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS