काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन केन्द्रित छलफलका लागि बोलाएको सर्वपक्षीय बैठक सुरू भएको छ ।
प्रधानमन्त्री कार्कीले बोलाएको बैठक बालुवाटारमा प्रमुख राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरुको उपस्थितिमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
बैठकमा फागुन २१ गते हुने निर्वाचनको अहिलेसम्मको तयारी र सुरक्षा चुनौतीको अवस्था बारे छलफल हुने बताइएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालगायतका दललाई बोलाइएको छ ।
प्रधानमन्त्री कार्कीले यसअघि राजनीतिक दल र जेनजीप्रतिनिधिसँग सामुहिक छलफल गरेकी थिइन् भने त्यसपछि विभिन्न दलका नेताहरुलाई अलग अलग भेट गर्दै आएकी छन् ।
FACEBOOK COMMENTS