काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।
शुक्रबार लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै लुम्बिनीसहित विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेका हुन् ।
यसका साथै जनकपुर बोल्ट्ससहित पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको प्लेअफको दौड समाप्त भएको छ ।
प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्स हाल १२ अंकसहित शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेल्ने निश्चित भएको छ भने लुम्बिनी लायन्सले इलिमिनेटर खेल्ने निश्चित भएको छ । अब विराटनगरले आफ्नो अन्तिम लिग खेलमा सुदूरपश्चिमलाई ठुलो अन्तरले पराजित गरेमा दोस्रो स्थानमा उक्लिएर पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।
अब लिग चरणमा शनिबार दुई र आइतबार एक खेल हुने छन् । शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्ने छन् भने आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुने छ ।

त्यस्तै पहिलो क्वालिफायर खेल मंगलबार हुने छ भने इलिमिनेटर खेल बुधबार र दोस्रो क्वालिफायर विहिबार हुने छ । त्यसैगरी यस सिजनको फाइनल खेल शनिबार हुने छ ।

FACEBOOK COMMENTS