काठमाडौँ । बलिवुडको चर्चित चलचित्र ’३ इडियट्सको सिक्वेल बन्ने भएको छ ।
रिपोर्टहरू अनुसार, राजकुमार हिरानी र विधु विनोद चोपडाको यो फिल्मको सिक्वेलको तयारी सुरु गरेका छन् र ३ इडियट्स– २ को छायांकन अर्को वर्ष सुरु हुने दाबि गरिएको छ ।
कभिल्लाको रिपोर्ट अनुसार निर्माताहरूले पुरानै कलाकारहरूलाई लिएर सिक्वेल बनाउने योजना बनाएका छन् । ३ इडियट्स २००९ को डिसेम्बरमा रिलिज भएको थियो ।
३ इडियटस–२ को कथा क्लाइमेक्स दृश्यमा पात्रहरू अलग भएको र नयाँ साहसिक कार्यको लागि पुनर्मिलन भएको लगभग १५ वर्ष पछि कथा हुने बताइएको छ । निर्देशक हिरानीले सिक्वेलको लागि बलियो पटकथा तयार गर्न धेरै समय समर्पित गरेका छन् ।
३ इडियट्स बलिउडको सबैभन्दा प्रतिष्ठित र सर्वाधिक कमाई गर्ने फिल्महरू मध्ये एक हो । फिल्मको सिक्वेलको बारेमा अहिलेसम्म आधिकारिक घोषणा नभए पनि, यो फिल्म आउने समाचार बाहिरिएपछि यसको चर्चा चुलिएको छ ।
FACEBOOK COMMENTS