काठमाडौँ । नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने कार्य सुरू गरेको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अभियान थालनी गर्दै आज बिहान काठमाडौँ–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट पुगेर जनतासँग भेटघाट गरे ।
यो कार्यको संयोजन पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले गरेका हुनु । घरदैलो कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरूका साथै बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल लगायतका नेताहरू सहभागी छन् ।
एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन मंसिर २७ बाट काठमाडौंमा शुरु हुँदै छ । महाधिवेशनमा ३ लाख बढीको सहभागिता जुटाउने एमालेले तयारी गरेको छ ।
FACEBOOK COMMENTS