सर्वाेत्तम सिमेन्टले झापा जिल्लाको भद्रपुर–नगरपालिका वडा नं. ९ माअवस्थित आप्mनोकारखाना स्थलमा नि:शुल्क स्वास्थ्य शिविरकोआयोजना गरेकोछ ।
“सुखद जीवनका लागिहौँ निरोगी” भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल ४०८ जनाले नि:शुल्क स्वास्थ्य परिक्षणगराएका छन् ।
कम्पनीले नि:शुल्क औषधी समेत वितरण गरेकोछ । उक्त शिविरमा विभिन्न वरिष्ठ फिजिशियन, गाइनोकोलोजिष्ट, नेत्र विशेषज्ञ र डर्माटोलोजिस्ट लगायत अन्य २२जना सहयोगीहरुले नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नुभएका थिए ।
उद्योगका उपमहाप्रबन्धक श्री नेत्रप्रसादघिमिरेकोनेतृत्वमा आयोजित उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख श्रीमती राधा कार्की, वडा नं.९ का वडा अध्यक्ष श्री राम प्रसाद दाहाल, तथा प्रगति टोल विकास समितिका अध्यक्ष श्री टेक बहादुर रोक्काअतिथिका रुपमा उपस्थिति रहनुभएकोथियो।
आप्mनोसामाजिक उत्तरदायित्व बोध गर्दैउपमहाप्रबन्धक नेत्रप्रसाद घिमिरेलेयस्ता नि:शुल्क स्वास्थ्य शिविरकाकार्यक्रम भविष्यमा पनि निरन्तर लिएर आउनेलक्ष्य लिइएकोबताउनुभएकोछ भनेसामाजिक उत्तरदायित्वका अन्य विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दैजान कम्पनी प्रतिबद्ध रहेकोजनाउनुभएकोछ ।



FACEBOOK COMMENTS