काठमाडौं । भारतमा २०२७ मा हुन जनगणनाको तयारी शुरु भएको छ । भारतले २०२७ मा आफ्नो पहिलो डिजिटल जनगणना गर्ने निर्णय गरेको छ ।
जनगणनामा ३० लाख कर्मचारीहरूले डिजिटल जनगणना पूरा गर्नेछन् । यो कास सफ्टवेयर प्रयोग गरेर सञ्चालन गरिने र यसलाई डेटा सुरक्षालाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ ।
जनगणना दुई चरणमा गरिनेछ । पहिलो चरण अप्रिल-सेप्टेम्बर २०२६ मा घरपरिवारको सूचीकरण र गणना समावेश हुनेछ भने दोस्रो चरण फेब्रुअरी २०२७ मा जनसंख्या गणना समावेश हुनेछ ।
केन्द्र सरकारले जनगणनाका लागि ११ हजार ७१८.२४ करोड भारु स्वीकृत गरेको जानकारी केन्द्रीय मन्त्री अश्विनी वैष्णवले दिएका छन् । यसको अर्थ सरकारले प्रति जनगणना प्रति व्यक्ति लगभग ९७ रुपैयाँ खर्च गर्ने देखिएको छ ।
२०११ को जनगणनामा भारतको जनसंख्या लगभग १.२१ अर्ब थियो । यदि यसलाई आधारको रूपमा प्रयोग गरियो भने, एक व्यक्तिको गणनाको लागत लगभग ९७ खर्च हुनेछ । यदि अनुमानित जनसंख्या १.५ अर्ब मान्ने हो भने प्रति व्यक्ति लागत ७८ रुपैयाँ हुने देखिएको छ ।

FACEBOOK COMMENTS