काठमाडौं । ब्रिटिस काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई १७ डिसेम्वर, २०२५ का दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ । सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो ।
यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा कम्प्युटरमार्फत आइइएलटिएसको परीक्षा दिनका लागि दर्ता भएका र आवश्यक शुल्क बुझाएका विद्यार्थी सहभागी भएका थिए । सहभागीमध्ये ९७ जना विद्यार्थीले उपहार जितेका छन् । साप्ताहिक लक्की ड्रबाट पुरस्कार जित्ने विद्यार्थीको चयन गर्दै ब्रिटिस काउन्सिलको फेसबुक पेजबाट घोषणा गरिएको थियो ।
यस वर्ष तीन जनाले मासिक रुपमा विजेता भएका थिए भने चार जनाले बम्पर पुरस्कार प्राप्त गरेका छन् । उनीहरुमध्ये मासिक रुपमा विजेता भएका तीन जनाले एप्पलको म्याकबुक एयर प्राप्त गरेका छन् । त्यस्तै, तीन जनाले बेलायत, युरोप र अमेरिकाका लागि टर्कीस एयरलाइन्सले प्रयोजन गरेको एकतर्फी हवाइ टिकट जितेका छन् भने एक विजेताले अस्ट्रेलिया जानका लागि ब्रिटिस काउन्सिलले प्रायोजन गरेको हवाइ टिकट जितेका छन् ।
पुरस्कार वितरण समारोहमा आइइएलटिएसको दर्ताका लागि योगदान गरेका १० वटा साझेदार संस्थामध्ये तीन वटाको चयन गरेर पुरस्कृत गरिएको थियो । आइइएलटिएसको प्रवद्र्धनका लागि सहयोग गरेवापत् तीन वटा साझेदारलाई आइप्याड प्रदान गरियो । पुरस्कार वितरण समारोहमा बोल्दै ब्रिटिस काउन्सिल नेपालकी निर्देशक प्रतिष्ठा थापाले भने, ‘आइइएलटिस उपहार अभियानका सबै विजेतालाई बधाइ दिन चाहान्छु ।
नेपालभर आइइएलटिसको पहुँच विस्तार गरिरहँदा हामीले क्षमतावृद्धि र उपलव्धता बढाउँदै परीक्षाका सहभागीका लागि उनीहरुको रोजाइ, सुविधा र गुणस्तरमा ध्यान केन्द्रित गरेका छौं । साझेदारहरुसँगको बलियो सहकार्य र समन्वयबाट हामी प्रेरित भएका छौं, साझेदारहरुले आइइएलटिएसको परीक्षामा सहभागी हुने विद्यार्थीलाई उच्च शिक्षाको खोजीका लागि आत्मविश्वासका साथ अघि बढ्न सुरक्षित र उच्च गुणस्तरिय मूल्याङ्कनका लागि हामीलाई निरन्तर सहयोग गरिरहेका छन् ।

FACEBOOK COMMENTS