काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ ।
विमान रनवेभन्दा बाहिरको भागमा गएको छ । स्थानीय र सुरक्षाकर्मीले यात्रू र चालक दलका सदस्यको सकुशल उद्धार गरेका छन् ।
काठमाडौंबाट भद्रपुर गएको विमान अवतरणका क्रममा रनवेबाट चप्लिएको बुद्ध एयरले जनाएको छ ।
बुद्ध एयरले उडान संख्या ९०१ जहाज ९ एन- एएमएफ उडानमा ५१ जना यात्रु र चालक दलका ४ सदस्य सबै सुरक्षित रहेको जनाएको छ ।
बुद्ध एयरले काठमाडौंबाट अर्को जहाजमा टेक्निकल एवं रिलिफ टिम पठाउन लागिएको जानकारी दिएको छ ।


FACEBOOK COMMENTS