काठमाडौँ । म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक रुबेन अमोरिमलाई बर्खास्त गरेको छ ।
रुबेनले २०२४ को नोभेम्बरदेखि म्यानचेस्टर युनाईटेडको प्रशिक्षकको पद सम्हालेपनि राम्रो नतिजा दिन नसकेपछि क्लबले उनलाई बर्खास्त गरेको हो ।म्यानचेस्टर युनाईटेड हाल लिगमा छैटौं स्थानमा रहेको र क्लबमा प्रशिक्षक परिवर्तनको समय आएको भन्दै रुबेनलाई बर्खास्त गरेको क्लबले जनाएको छ ।
क्लबले डारेन फ्लेचरले क्लबको अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने जानकारी दिएको छ ।
रुबेनको नेतृत्वमा म्यानचेस्टर युनाईटेडले ६३ खेल खेलेकोमा २४ जित र १८ बराबरी खेलेको छ भने २१ खेलमा हार बेहोरेको छ । उनको नेतृत्वमा क्लब २०२४(२५ मा युइएफए युरोपा लिगमा उपविजेता बनेको थियो ।
FACEBOOK COMMENTS