काठमाडौं । सार्प (शार्प) ले नेपाली बजारमा पहिलो पटक २०२६ मोडलको प्रिमियम फ्रन्ट लोड वासर सार्वजनिक गरेको छ।
“शार्प प्रि–वाशी भिआईपी शृङ्खला” नाम दिइएको यस वासरमार्फत कम्पनीले आधुनिक प्रविधि, स्वच्छता र ऊर्जा–दक्षतालाई प्राथमिकतामा राख्दै नेपाली उपभोक्तालाई लक्षित गरेको जनाएको छ।
सन् १९१२ मा स्थापना भएको सार्पले विश्व बजारमा ११० वर्षभन्दा बढी समयदेखि नवीन प्रविधिमा आधारित घरेलु उपकरण उत्पादन गर्दै आएको छ। सोही अनुभव र प्रविधिलाई नेपालमा पनि भित्र्याउने उद्देश्यसहित भिआईपी २०२६ (धुनु अघि भिआईपी २०२६) सिरिज औपचारिक रूपमा सार्वजनिक गरिएको हो। कम्पनीका अनुसार यो वासर विशेषगरी व्यस्त जीवनशैली भएका उपभोक्ताका लागि डिजाइन गरिएको छ।
यस वासरको प्रमुख विशेषता भनेको धुनु अघि प्रविधि हो, जसले मुख्य धुलाई अघि नै कपडामा लागेको कडा फोहोर हटाउन मद्दत गर्छ। साथै, अटो टब क्लिन प्रविधिले प्रत्येक धुलाईपछि टबलाई स्वचालित रूपमा सफा गर्ने भएकाले मेसिनभित्र ब्याक्टेरिया र दुर्गन्धको समस्या न्यून हुने कम्पनीको दाबी छ।
वासरमा १५ मिनेटको छिटो धुनेसुविधा दिइएको छ, जसले समय अभाव भएका प्रयोगकर्तालाई छिटो र प्रभावकारी धुलाईको सुविधा प्रदान गर्छ। बीएलडीसीमोटर प्रयोग गरिएको यस मेसिनले करिब २० प्रतिशत बढी ऊर्जा–दक्षता दिने, आवाज कम गर्ने र धुलाई क्षमतामा सुधार ल्याउने बताइएको छ। १४०० आरपीएम को उच्च स्पिन स्पिडले कपडा छिटो सुक्न मद्दत गर्नेछ।

कार्यक्रममा सार्पका निर्देशक श्री वोन कात चेनले नेपालमा दीर्घकालीन रूपमा गुणस्तरीय र प्रविधिमैत्री उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार, भिआईपी सिरिज नेपाली बजारमा बढ्दो स्मार्ट र टिकाउ घरेलु उपकरणको मागलाई मध्यनजर गर्दै ल्याइएको हो।

FACEBOOK COMMENTS