काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रीनल्याण्डको बारेमा बढ्दो बयानबाजीको बीचमा युरोपेली देशहरूबाट सैन्य कर्मचारीहरू ग्रीनल्याण्ड पुग्न थालेका छन् ।
१५ फ्रान्सेली सैनिकहरूको टोली ग्रीनल्याण्डको राजधानी नुउक पुगेको छ । धेरै युरोपेली देशहरूले यसलाई जासूसी अभियानको हिस्सा भनिरहेका छन् । तैनाथीमा जर्मनी, स्वीडेन, नर्वे, नेदरल्याण्ड्स र बेलायतका सैन्य कर्मचारीहरू पनि समावेश हुनेछन् ।
यो कदम यस्तो समयमा आएको हो जब डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध–स्वायत्त भाग ग्रीनल्याण्डको आर्कटिक टापुमा आफ्नो दाबीलाई निरन्तर जोड दिइरहेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले प्रारम्भिक टोलीलाई चाँडै जमीन, वायु र समुद्री स्रोतहरूले बलियो बनाइने बताएका छन् । फ्रान्सेली राष्ट्रपतिका विशेष दूत ओलिभियर पौभ्रे–डार्भोरले मिसनलाई बलियो राजनीतिक संकेतको रूपमा वर्णन गरे ।
यसैबीच ग्रीनल्याण्डको विषयमा डेनमार्क र अमेरिकाबीच ह्वाइटहाउसमा छलफल भएको छ । डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनको नेतृत्वमा ह्वाइटहाउस पुगेको डेनमार्कको टिमले अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोसँग ग्रीनल्याण्ड बारे छलफल गरेका हुन् ।
डेनमार्कका विदेशमन्त्री रासमुसेनले ग्रिनल्याण्डको सम्बन्धमा डेनमार्कको संयुक्त राज्य अमेरिकासँग ’मौलिक असहमति’ रहेको बताएका छन् । बैठकमा ग्रिनल्याण्डका विदेशमन्त्री भिभियान मोट्जफेल्ड पनि बैठकमा उपस्थित थिए । रासमुसेनले उपराष्ट्रपति जे.डी. भान्स र विदेशमन्त्री मार्को रुबियोसँग खुला कुराकानी भएको र बैठक रचनात्मक भएको बताए । यद्यपि, रासमुसेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्याण्डलाई समावेश गर्ने जिद्दी पूर्ण रूपमा अस्वीकार्य भएको बताए । उनले भने– ’हामीले यो डेनमार्कको हितमा छैन भनेर स्पष्ट पारेका छौं ।’

यसैबीच, बेल्जियमस्थित रूसी दूतावासले आर्कटिकमा भएका घटनाक्रमहरूमा गम्भीर चिन्ता व्यक्त गरेको छ । रूसले मस्को र चीनबाट बढ्दो खतराको बहानामा नाटोले त्यहाँ आफ्नो सैन्य उपस्थिति बढाएको आरोप लगाए ।

ट्रम्पले हालैका दिनहरूमा अमेरिकालाई ग्रीनल्याण्डमा गाभ्न दबाब दिइरहेका छन्। उनले यस सम्बन्धमा धेरै बयान दिएका छन् । उनले यदि ग्रीनल्याण्ड अमेरिकामा सामेल भएन भने, रूस र चीनले यसलाई कब्जा गर्ने बताउदै आएका छन् । ग्रीनल्याण्ड र डेनमार्कले ट्रम्पको अडानको विरोध गरेका छन् । केही युरोपेली देशहरूले पनि डेनमार्कलाई आफ्नो समर्थन व्यक्त गरेका छन् ।

FACEBOOK COMMENTS