काठमाडौँ, । ग्लोकल प्रालिको एक इकाई, ग्लोकल आफ्टर स्कूलको आयोजनामा सञ्चालित ‘स्किल विक २०२६’ को सातौँ संस्करण ललितपुरस्थित द प्लाजामा सोमबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ।
प्रख्यात उद्यमी, सरकारी कूटनीतिज्ञ र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा यो कार्यक्रम समापन गरिएको हो। ‘स्किल विक २०२६’ विभिन्न कार्यक्रम, सिर्जनशीलता, र प्रेरणाले भरिएको एक विशेष उत्सव हो, जसले युवाहरूमाझ विभिन्न सिप र अन्तर्दृष्टि प्रदान गर्ने उद्देश्य राख्दछ।
यस वर्ष यस हप्तालाई कार्यशाला, सिप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी, र सिकाइ सत्रहरूका साथै मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरी एउटा ‘इन्फोटेनमेन्ट’ हप्ताको रूपमा मनाइयो। जनवरी ११ देखि १६ सम्म आयोजित यस छैटौँ संस्करणमा विभिन्न क्षेत्रका विज्ञहरूले युवाहरूलाई आफ्नो ज्ञान र अनुभव बाँडेका थिए।
कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रमा केन्द्रित यस कार्यक्रममा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरण, र सांगीतिक कन्सर्ट जस्ता रोचक गतिविधिहरू पनि समावेश थिए।
कार्यक्रमको समापन समारोहमा ग्लोकल आफ्टर स्कूलद्वारा सिपको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना दिग्गज व्यक्तित्वहरूलाई ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित गरिएको थियो । उद्योग, शिक्षा क्षेत्र र सरकारसँग सहकार्य गर्दै सीप प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले नयाँ सीपहरू सिक्ने र प्रदर्शन गर्ने मञ्च प्रदान गरेको थियो।

FACEBOOK COMMENTS