काठमाडौं । भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बुधबार रातिसम्म खेलमा भारतले न्यूजील्याण्डलाई ४८ रनले पराजित गरेको हो ।
भारतले दिएको २३९ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १९० रन बनाएको थियो ।
न्यूजील्याण्डका लागि ग्लेन फिलिपले सर्बाधिक ७८ रन बनाएका थिए भने मार्क चाम्पम्यानले ३९, डार्यल मिचेलले २८ रन बनाएका थिए ।
त्यस्तै भारतका बलर वरुण चक्रवर्ती र शिभम दुबेले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, हार्दिक पाण्डेय, अक्सर पटेलले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर २३८ रन बनाएका थिए । भारतका अभिषेक शर्माले ८४ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४४ रन बनाएका थिए । त्यस्तै कप्तान सुर्यकुमार यादवले ३२ रन बनाए र हार्दिक पाण्डेयले २५ रन बनाएका थिए ।

त्यस्तै न्यूजील्याण्डका बलर जाकोब डफी र काइल जामिएन्सनले २(२ विकेट लिएका थिए । त्यस्तै क्रिस्टियन क्लार्क, इश सोढ़ी र मिचेल सान्टनरले एक एक विकेट लिएका थिए ।

यो जितपछि ५ खेलको सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल जनवरी २३ मा हुने तालिका रहेको छ ।

FACEBOOK COMMENTS