काठमाडौं । आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनको सातै प्रदेसको परिणाम समेत आएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले र जसपाले तालमेल गरेर भाग लिएको यस निर्वाचनमा उनीहरुका मात्र उम्मेदवार विजयी भएका छन् । यस निर्वाचन राप्रपाले बहिष्कार गरेको थियो ।
राष्ट्रिय सभाका रिक्त १० मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको हो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जनाको आज मतदानपछि परिणाम समेत आइसकेको छ ।
तीन दलको भागबण्डामा काँग्रेसले ९, एमालेले ८ र लोसपा (जसपा नेपाल) ले एक स्थानमा उम्मेदवारी दिएको थियो ।
जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।

त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।

FACEBOOK COMMENTS