काठमाडौं । जारी राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मीले श्री भगवती क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
त्रिभुवन आर्मी क्लबको जितमा नवयुग श्रेष्ठले दुई गोल गरे भने जिलेस्पी जङ कार्कीले एक गोल गरेका थिए । त्यसैगरी श्री भगवती क्लबका लागि अजित लामाले एक गोल गरेका थिए ।
त्रिभुवन आर्मी क्लबले यो जितपछि पाँच खेलमा तीन जित र दुई बराबरी सहित ११ अंक जोडेको छ र अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै श्री भगवती क्लबको ५ खेलमा ४ अंक रहेको छ र हाल १३औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS