बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दु:ख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको छ ।
जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।
बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो ।
पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।
यो पनि पढ्नुस्

बैतडी जन्ती बस दुर्घटना— यी हुन् मृतक र घाइतेहरू (नामावली)

FACEBOOK COMMENTS