काठमाडौँ । आइसीसी टी–२० विश्वकप २०२६ को पहिलो खेलमा नेदरल्याण्डसले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.५ ओभरमा अल आउट हुदै १४७ रन बनाएको हो ।
नेदरल्याण्डसका लागि कप्तान स्कट एडवाड्र्सले सर्बाधिक ३७ रन बनाए भने बास डे लिडेले ३०, माइकल लेभिटले २४ र कोलिन एकरम्यानले २० रन बनाएका थिए ।
त्यस्तै पाकिस्तानका बलर सलमान मिर्जाले ३ विकेट लिए भने मोहमद नवाज, अब्रार अहमद र सैम आयुबले २–२ विकेट लिए तथा शाहीन शाह अफ्रिदीले एक विकेट लिएका थिए ।
टी–२० विश्वकप: पाकिस्तानले टस जित्यो, नेदरल्याण्डसले पहिला ब्याटिंग गर्दै

FACEBOOK COMMENTS