काठमाडौं । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रान्चाइज क्रिसको चौथो सिरिज क्रिश–४ को निर्माण स्थगित भएको छ । फिल्मको तयारी लामो समयदेखि भएपनि अब भने निर्माण स्थगित भएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म अचानक स्थगित गरिएको छ । यस फिल्मको बजेटमा विवाद भएका कारण निर्माण स्थगित भएको बताइएको छ । ऋतिक रोशन क्रिश–४ को निर्माण लगभग ५०० करोड भारुको बजेटमा बनाउन चाहन्थे, तर यशराज फिल्मका आदित्य चोपडा र उनको टिमले बजेटको सिमा ३५० मात्र तय गरेपछि असमझदारी बढेको रिपोर्टमा उल्लेख छ ।
क्रिस–४ मा यसराजले ठुलो लगानी गर्नबाट पछि हट्नुमा ऋतिकको पछिल्लो फिल्म वार(२ ले अपेक्षा अनुसार कमाई गर्न नसक्नुलाई पनि हेरिएको छ । ३२५ करोडमा निर्माण गरिएको वार– २ ले भारतमा केवल २३५ करोड मात्र कमाई गरेको थियो ।
यस विवादका कारण, फिल्मलाई हालको लागि स्थगित गरिएको छ । ऋतिक रोशन अब बजेट अनुरूप स्क्रिप्टमा परिवर्तन गरेर क्रिश–४ मा पुनः केन्द्रित गर्न अन्य स्टुडियोहरूसँग वार्तामा रहेको बताइएको छ ।
पहिलो क्रिश (२००६) र क्रिश ३ (२०१३) ले दर्शकहरूलाई आकर्षित गरेको थियो त्यसैले अर्को किस्ता ब्लकबस्टर हुने अपेक्षा गरिएको थियो ।

FACEBOOK COMMENTS