काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । जुममार्फत बैठक सुरू भएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरू उपस्थित छन् । बैठकमा तीन वटा एजेन्डामा छलफल भइरहेको छ ।
नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल भइरहेको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
FACEBOOK COMMENTS