काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्कँदा भव्य स्वागत गर्ने भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन १ गते पुर्व राजा ज्ञानेन्द्र काठमाडौँ आउन लागेकाले विमानस्थलमा स्वागत गर्ने भएको छ ।
उनले भनेका छन्– ’हामी फागुन १ गते राजालाई काठमाण्डौं विमानस्थलमा भव्य स्वागत गर्नेछौं । निषेधको राजनीतिको अन्त्यका लागि देशभक्त, राष्ट्रवादी शक्तिहरु एकजुट बनौं ।’
FACEBOOK COMMENTS