काठमाडौं । होटल फरेष्ट इनले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर ४० करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । जसमा ४ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीका लागि निष्काशन गरेको छ ।
बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको ३३ लाख २० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा सर्वसाधारणका लागि निष्काशन गरेको छ । लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर अनलाइन बाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS