काठमाडौँ । नामिबियाले टी–२० विश्वकप अन्तर्गतको खेलमा नेदरल्याण्डसलाई १५७ रनको लक्ष्य दिएको छ ।
भारतको दिल्लीमा जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको हो । नामिबियाका लागि जान निकोलले सर्बाधिक ४२ रन बनाए भने जान फ्राइलिंकले ३० र जेजे स्मिटले २२ रन बनाएका थिए ।
त्यसैगरी नेदरल्याण्डसका बलर बास डी लीड र लोगान भान बीकले २–२ विकेट लिए भनेआर्यन दत्त र फ्रेड क्लासेनले एक एक विकेट लिएका थिए ।
टी–२० विश्वकप: नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेदरल्याण्डस

FACEBOOK COMMENTS