काठमाडौँ । स्कटल्याण्डले इङल्याण्डलाई १५३ रनको लक्ष्य दिएको छ ।
जारी टी–२० विश्वकप अन्तर्गत समुह सी को खेलमा टस हारेर पहिला ब्याटिंग गर्दै १९.४ ओभरमा अलआउट हुदै १५२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि कप्तान रिची बेरिंगटनले ४९ रन बनाए भने माइकल जोन्सले ३३, टम ब्रसले २४ र ओलिभर डेभिडले २० रन बनाएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर आदील रशिदले ३, लियाम डावसन र जोफ्रा आर्चरले २–२ विकेट लिएका थिए । त्यस्तै जामी ओभरटन र साम कुरानले एक एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS