काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई अस्वस्थ्य भएका छन् ।
जारी टी-२० विश्वकप अन्तर्गत आइतबार हुने वेस्ट इण्डिजविरुद्धको खेल अघि कप्तान पौडेल अस्वस्थ भएको राष्ट्रिय टिमका प्रशिक्षक स्टुअर्ट लले जानकारी दिएका छन् ।
खेल अघि शनिबार पत्रकार सम्मेलनमा बोल्दै लले कप्तान रोहितलाई ज्वरो आएको र भोलीको खेलसम्म ठिक हुने विश्वास व्यक्त गरे । उनले भने ‘रोहितलाई ज्वरो आएको छ। उनलाई पेटमा पनि केही समस्या देखिएको छ । तर भोलिको खेलमा उनी ठीक हुने आशा गरेका छौं ।’
शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले वानखेडे स्टेडियममा गरेको अभ्यास गरेपनि रोहित अनुपस्थित भएपछि प्रश्न उठेको थियो ।
टी-२० विश्वकपमा समुह सी मा रहेको नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

FACEBOOK COMMENTS