काठमाडौं । काठमाडौं प्रहरीले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनार्थ सहभागी हुने भक्तजन तथा सामानको सुरक्षाका निम्ति शनिबार १३ बुँदे अनुरोध जारी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईले गरगहना लगाएर नआउनेसहित विभिन्न १३ बुँदे अनुरोध जारी गरिएको जानकारी दिए ।
उनका अनुसार, चोरी तथा लुटपाटका घटना हुन सक्ने भएकाले बहुमूल्य गरगहना नलगाउन, महत्त्वपूर्ण र महँगो सरसामान लिएर नआउन अनुरोध गरिएको छ ।
FACEBOOK COMMENTS