काठमाडौँ । अमेरिकाले जारी टी–२० विश्वकपमा दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा अमेरिकाले नामिबियालाई ३१ रनले पराजित गरेको हो ।
अमेरिकाले दिएको २०० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन बनाएको थियो ।
यो जितपछि अमेरिकाको समुह ए मा ४ खेलमा ४ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । अब अमेरिका सुपर आठमा छनौट हुन भारत र पाकिस्तान मध्ये एक टिम आफ्ना बाँकी दुवै खेलमा पराजित हुनुपर्ने छ । त्यस्तै नामिबियाले भने आफ्ना तीन खेलमा लगातार हार बेहोरेको छ । अमेरिकाले समुह चरणका सबै खेल खेलेको छ भने नामिबियाले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ ।
FACEBOOK COMMENTS