काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेलरमट्टितेलको मूल्य बढाएको हो ।
आयोगले पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाएको छ । काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १५७ रुपैयाँ पुगेको छ ।
सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५६ रुपैयाँ पुगेको छ । चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५४ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।

FACEBOOK COMMENTS