काठमाडौँ । जारी आईसीसी टी-२० विश्वकपमा आज तीन खेल हुदैछ । आज पहिलो खेल समुह डी अन्तर्गत क्यानडा र न्यूजील्याण्डबीच हुदैछ ।
भारतको चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा न्यूजील्याण्डले यस अघिका ३ खेलमा २ जित हासिल गरेको छ भने एक हार बेहोरेको छ । त्यस्तै क्यानडाले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।
त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको आयरल्याण्ड र जिम्बाबेबीच हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा जिम्बाबेले यस अघिका दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने आयरल्याण्डले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
त्यसैगरी आजको तेस्रो खेल समुह सी का नेपाल र स्कटल्याण्डबीच हुदैछ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि शुरु हुनेछ । जारी विश्वकपमा नेपालले आफ्ना तिनै खेलमा हार बेहोरेको छ भने स्कटल्याण्डले ३ मध्ये एक जित र २ हार बेहोरेको छ ।
FACEBOOK COMMENTS