काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बास्तोलासँगै सोही पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेकपा बहुमतले फागुन २१ गते हुने निर्वाचनको बिरोध गर्दै आएको छ । साथै आज पनि यो समूहले नेपाल बन्द आयोजना गरेको थियो । तर, त्यसको असर देखिएन ।
उनीहरुलाई निर्वाचन विथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको बताइएको छ ।
FACEBOOK COMMENTS