काठमाडौं । सोमबार आज विहान धादिङमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । १७ जनाको घटनास्थलमै तथा ३ जनाको उपचारका क्रममा मृत्युु भएको हो ।
पोखराबाट ३४ जना यात्रुसहित आइतबार बेलुका ७ बजे छुटेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग १ ख १४२१ नंम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५ भैँसीगौडामा दुर्घटनमा परेको थियो ।
प्रहरीबाट प्राप्त जानकारी अनुुसार गाडीमा सवारमध्ये हालसम्म २० जनाको निधन भएको छ, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीका कर्मचारी पनि घटनाबारे थप जानकारी लिन र बुझ्न मलेखुबाट घटनास्थलमा पुगेका छन् पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष एनकुमार साईले भने ।
साईका अनुसार उक्त बस तनहुँको जामुनेका ओमकुमार श्रेष्ठको हो । गाडीमा श्रेष्ठ पनि सवार रहेको बुझिएको उनले जानकारी दिए उक्त बसको चालक सुजित नेपालीको पनि अवस्था हालसम्म अज्ञात नै रहेको साईले जानकारी दिए । उनका अनुसार घाइतेहरूको काठमाडौंका ट्रमा सेन्टरसहित स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
धादिङ बस दुर्घटना अपडेट : काठमाडौंको ट्रमा सेन्टरमा एक जनाको मृत्यु


FACEBOOK COMMENTS