काठमाडौँ । नर्वेका पूर्व प्रधानमन्त्री थोर्बजोर्न जगल्याण्डले आत्महत्को प्रेस गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार आत्महत्याको प्रयास गरेको आशंकापछि जगल्याण्डलाई अस्पतालमा भर्ना गरिएको छ । गत साता भएको सप घटना पछि हाल उनी चिकित्सकको निगरानीमा उपचाररत रहेको जनाइएको छ ।
घटनाबारे प्रारम्भमा सार्वजनिक जानकारी नआए पनि केही सञ्चारमाध्यमले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै समाचार प्रकाशन गरेका थिए । जागल्याण्ड बारे जेफ्री एपस्टाइन् फाइलमा नाम आएपछि उनले यस्तो गरेको दाबि गरिएको छ ।
यसैबीच, जागल्याण्डमाथि नर्वेमा गम्भीर भ्रष्टाचारको अभियोग दर्ता गरिएको पुष्टि भएको छ । दोषी प्रमाणित भए अधिकतम १० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ। उनका कानुनी प्रतिनिधिले भने लगाइएका सबै आरोप निराधार रहेको दाबी गर्दै अस्वीकार गरेका छन् ।
७५ बर्षिय जागल्याण्डले २००९ देखि २०१९ सम्म युरोप परिषद्को महासचिवको रूपमा काम गरेका थिए भने १९९६ देखि १९९७ सम्म नर्वेको प्रधानमन्त्री, २००० देखि २००१ सम्म विदेशमन्त्री र २००५ देखि २००९ सम्म स्टोर्टिङ्गको अध्यक्षको रूपमा काम गरेका थिए

FACEBOOK COMMENTS