काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत भिल्ला रियललाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्ला रियललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा लामिन यमलले ह्याट्रिक गरेका थिए । यो यमलको पहिलो ह्याट्रिक हो । त्यस्तै एक गोल रोबेर्ट लेवानडोस्कीले गरेका थिए ।
यो जितपछि बार्सिलोनाको ला लिगामा २६ खेलमा ६४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी भएको छ । रियल म्याड्रिडले बार्सिलोनाले भन्दा एक खेल कम खेलेको छ ।
त्यस्तै भिल्ला रियलको २६ खेलमा ५१ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।


FACEBOOK COMMENTS