काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने सिरिज स्थगित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मध्यपूर्वमा भएको तनावका कारण फागुन २६ गतेदेखि चैत्र ६ गतेसम्म टियू क्रिकेट मैदानमा हुने सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।
क्यानले सिरिजको अर्को मिति पछि सार्बजनिक गरिने बताएको छ । यस सिरिजमा तिनै देशले एक आपसमा २–२ खेल खेल्ने तालिका रहेको थियो ।
हाल नेपाल आइसीसी विश्व क्रिकेट लिग–२ मा २० खेलमा ५ जित १३ हजार र २ खेल रद्ध हुदा १२ अंकसहित स्थानमा स्थानमा रहेको छ ।
त्यस्तै ओमानको २० खेलमा २४ अंक रहेको छ र चौथो स्थानमा छ भने युएईको २० खेलमा १० अंकसहित पुछारमा रहेको छ ।

FACEBOOK COMMENTS