काठमाडौँ । सन् २०२६ को टी–२० विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल खेल आज कोलकातामा न्युजील्यान्ड र दक्षिण अफ्रिकाबीच हुँदैछ ।
कोलकोताको इडेन गार्डेनमा हुने यो खेलमा न्यूजील्याण्डले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै दक्षिण अफ्रीकाले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ ।
आजको खेलमा दक्षिण अफ्रिकाबाट एडेन मार्कराम (कप्तान), क्विन्टन डे कक (विकेटकिपर), रायन रिकेलटन, डेवाल्ड ब्रुइस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को जानसेन, कोर्बिन बोश, केशव महाराज, कागिसो रबाडा र लुंगी एनगिडी खेल्दै छन् ।
त्यस्तै न्यूजील्याण्डबाट टिम सेफर्ट (विकेटकिपर), फिन एलेन, रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, मिचेल स्यान्टनर (कप्तान), कोल म्याककोन्ची, म्याट हेनरी, जिम्मी निशाम र लकी फर्गुसन।
FACEBOOK COMMENTS