काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुली २७ हजार ८०५ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९ सय ८२ मत पाए । पराजुलीले गुरागाईंलाई २३ हजार ८ सय २३ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
तेस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टीका वसन्त प्रसाद मानन्धरले ३ हजार ६ सय ६७ र नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५ सय ४४ मत प्राप्त गरे । उज्यालो नेपाल पार्टीकी विमला लामाले १ हजार ३ सय ८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल कुमार लामाले १ हजार ३ सय ८१ मत पाए ।
FACEBOOK COMMENTS