काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीलाई श्रद्धाञ्जली दिएका छन् ।
उपराष्ट्रपति यादवले मंगलबार गुन्डु पुगेर मोहनप्रसादको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
साथै, उनले पितृशोकमा रहेका केपी ओलीप्रति समवेदना प्रकट गरेका छन् । मोहनप्रसादको गत शुक्रबार निधन भएको हो ।
FACEBOOK COMMENTS