काठमाडौं । भक्तपुरको नगरकोटमा दुई जना भ्लगरमाथि कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
भ्लगरमाथि कुटपिट गर्ने चाँगुनारायण नगरपालिका–६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
केहीदिन अघि सडकमा दुईवटा मोटरसाइकल हिँडिरहेको अवस्थामा कारमा सवार तामाङले ओभरटेक गर्ने क्रममा उनीहरूबीच वादविवाद भएको थियो ।
वादविवादका क्रममा उनले मोटरसाइकल चालकहरूलाई अपशब्द प्रयोग गरी कुटपिट गरेका थिए । मोटरसाइकल चालकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तामाङको खोजी गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न तामाङलाई बिहीबार पक्राउ गरेको हो ।

FACEBOOK COMMENTS