काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दाङको अम्बापुरमा सर्वाधिक वर्षा भएको जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज शुक्रबार दिउँसो ३:३५ बजेसम्मसो क्षेत्रमा ४१ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । यो विवरण पछिल्लो तीन घण्टाको हो, जुन अवधिमा लुम्बिनी र गण्डकी प्रदेशका केही जिल्लाहरूमा मध्य खाले वर्षा भइरहेको छ ।
यसैबीच काठमाडौंमा पनि वर्षा सुरू भएको छ । यतिबेला बबरमहल क्षेत्रमा वर्षासँगै असिना समेत झरिरहेको महाशाखाले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS