काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज राति र भोलि शनिबार पनि तीव्र हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ ।
मधेश प्रदेशलगायत कोशी, बागमती र लुम्बिनी प्रदेशअन्तर्गतका तराइ र पहाडी भू–भागहरूमा आज राति र भोलि पनि हावाहुरी चल्ने सम्भावना रहेको हो ।
हावाहुरीका कारण रुख ढल्ने, छाना उडाउने, विद्युत् तथा सञ्चार सेवाका साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहेकालेसतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।
FACEBOOK COMMENTS