काठमाडौँ । जारी पीएम कपमा एपीएफले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
एपीएफले दिएको २७२ रनको लक्ष्य पछाएको बागमती प्रदेशले ४५.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो ।
बागमतीका लागि विवेक मगरले सर्बाधिक ३४ रन बनाए भने सुबाश खत्रीले २७, उत्तम मगरले २६ र शिभम तिवारीले २५ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर अभिषेक गौतम र रोहित पौडेलले ३–३ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको एपीएफले आसिफ सेखको ११४ रनको शतकीय र सन्दीप जोराको ५२ रनको सहयोगमा ५० ओभरमा ८ विकेट गुमाउदै २७१ रन बनाएको थियो । त्यस्तै बागमतीका बलर रिजन ढकालले ४ विकेट लिएका थिए ।
अब एपीएफले अर्को खेलनेपाल पुलिस क्लबसँग मंगलबार खेल्ने छ भने बागमतीले मंगलबार नै गण्डकी प्रदेशसँग खेल्ने छ ।

FACEBOOK COMMENTS