काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ५.०१ अङ्कले बढेर २,९३६.५६ विन्दुमा पुगेको हो ।
यस दिन कुल ३४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर १ लाख ५६ हजार ३८१ पटक किनबेच हुँदा कुल १५ अर्ब ७८ करोड ६३ लाख १३ हजार ४४० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा १०२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ कम्पनीको मूल्य ओरालो लागेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। आज चार वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। उक्त बैंकको ६७ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै शिवम् सिमेन्टको ६० करोड ६४ लाख, नेशनल हाइड्रोपावरको ५७ करोड ४८ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५४ करोड ९८ लाख र ङादी ग्रुप पावरको ५४ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैबिच आज कारोबार भएका १३ वटा उपसमूहमध्ये ७ वटा समूहको सूचक बढेको छ भने ६ वटा समूहको सूचक घटेको छ।

FACEBOOK COMMENTS