काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही मन्त्रीको नाम टुंग्याएको छ। रास्वपा स्रोतका अनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेको नाम टुंगो लागेको छ।
त्यस्तै शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने भएको हो। ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङको नाम टुंगो लागेको हो। प्रतिभा रावललाई कृषि तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ।
उद्योग मन्त्री अमरेश सिंहलाई बनाउने भएको छ। कानुन मन्त्री सोबिता गौतम, स्वास्थ्य मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, महिला बालबालिका सिता वादी लगायतको मन्त्री टुंगिएको हो।
अन्य मन्त्रीको नाम पनि टुंगो लाग्ने क्रममा छ। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरिसकेको छ।
FACEBOOK COMMENTS