काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले सांसदहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री शाहले यसअघि कोशी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरेका थिए ।
छलफलका क्रममा सो क्षेत्रका समस्या र विविध विषयमा उनले सुझाव लिएका थिए ।

